मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को काज अटेर गर्दै :-डा. नुरुहोदा

ज्ञानेश्वर सहानी /नवलपरासी/ ६ पुस

पश्चिम नवलपरासीको परासीमा रहेको पृथ्वीचन्द्र अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुहोदाको दादागिरि मचाउँदै बस्दै आएका छन् उनको हरेक बर्ष नवलपरासी बाट सरुवा हुन्छ तर उनी भने परासी कै पृथ्वीचन्द्र अस्पतालमा केही महिनामै फिर्ता आउने गरेका छन । उनी राजनितिक पावरले नै पृथ्वीचन्द्र अस्पताल परासी मै आउने गरेका छन्। उनी कार्यलय प्रमुखको रुपमा दशकौ बर्ष पृथ्वीचन्द्र अस्पतालमा बिताए पनि अस्पतालमा भने केही सुधार भएको पाइदैन । अहिले त हद सम्म भएको छ कि महिनौ बिति सकेको छ सरुवा भएको तर उहाँ पृथ्वीचन्द्र अस्पताल छोडन खोज्नु भएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीका वरिष्ठ शाखा अधिकृत संजय ज्ञवाली ले २०८१/ ७ /२५ गते निर्णयअनुसार डाक्टर मोहम्मद नुरहोदा लाई कपिलवस्तु अस्पताल तौलिहवा काज गरिएको छ तर पनि हाल सम्मा भने सरुवा नहुनुको पछाडी ठुलै पृथ्वीचन्द्र अस्पतालमा उनको भित्री चलखेल रहेको बुझिएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुहोदाको सरुवा भएको एक महिना बितिसक्दा पनि पृथ्वीचन्द्र अस्पताल मेडिकल सुप्रीटेन्डेन्टको जिम्मेवारी हस्तान्तरण नगर्दा अस्पतालको व्यवस्थापन कमजोर रहेको बुझिन्छ।

यसले सेवाको गुणस्तरलाई झनै असर पारेको छ । १५ दिन भित्रै रमाना लिने प्रावधान विपरीत रवाना न लिई, सरुवा भएका कर्मचारी ले येथासिग्र रमाना लिने मुख्यमन्त्री कार्यालय को पत्राचार लाई समेत अटेरी गरी बसिरहेका छन् केही दिन पूर्व काज फिर्ता भएका एक चिकित्सकलाई विधान विपरित पत्र नै नदिई एक घण्टा मै रमाना बनाउने निकृष्ट काम गरेका थिए ।
मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुहोदाको काज गरेको महिनादिन बितिसक्दा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को काजलाई नुरहोदाले अटेरी गरेको छन्।

नागरिकको पहिलो अभियान जिल्ला कार्यसमिति नवलपरासीले हिजो जिल्ला प्रशासन कार्यालयमा पृथ्वीचन्द्र अस्पताल का मेसु डक्टर होदा को विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छन्।

पृथ्वीचन्द्र अस्पतालमा राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय बेथितीका कारण तीन जना वरिष्ठ डाक्टरले राजीनामा दिएका छन्। अस्पतालका हड्डी रोग, नाक कान घाँटी, र बाल रोग विशेषज्ञ डाक्टरहरूले एकपछि अर्को गरी आफ्नो पद त्याग गरेका हुन ्। गत श्रावण देखि मात्रै डा सरोज काफ्ले को राजीनामा पछि नाक कान घाँटी विभागको सेवा बन्द भएको छ, त्यस्तै गरी बालरोग विशेष डा रोशन पौडेलको राजीनामा को कारणले बाल रोग को विषेशज्ञ सेवा ठप्प बनेको छ भने डा सुदर्शन पाण्डेय को राजीनामा पछि हाड जोर्नी सँग सम्बन्धित सल्यक्रिया सेवा समेत प्रभावित भएको छ लुम्बिनी प्रदेशमै सबै भन्दा बढी प्रजनन रुगडता सल्यक्रिया गरेको यस अस्पताल मा अहिले यो सेवा समेत प्रभावित भएको छ सेवा घटे सँगै बिरामी को संख्या मा समेत ठूलो गिरावट आएको छ।बिरामी ३५० देखि ४०० हुने यस अस्पताल मा अहिले १०० देखि १५० मा झरेको छ। त्यसमा नी अधिकांश स्वास्थ्य बीमा को रेफरल लिएर अन्य स्वास्थ्य संस्था मा सेवा लिन जाने बिरामी हुन्छन् अस्पतालमा कार्यरत अन्य कर्मचारी र चिकित्सकहरू पनि असन्तुष्ट बनेका छन्। उनीहरू अस्पताल छोड्ने सोचमा रहेको बताइएको छ। एक डाक्टरले नाम नखुलाउने सर्तमा भने, यहाँ राजनीतिक । हस्तक्षेप असहनीय भइसकेको छ। डाक्टरलाई दिनुपर्ने आधारभूत सेवा र सुविधामा समेत कटौती गरिएको छ। यस्तो वातावरणमा काम गर्न कठिन छ।

त्यस्तै, अर्का एक कर्मचारीले भने वरिष्ठ डाक्टरहरूको सेवा सुविधामा कटौती गरिएको छ, जसका कारण उनीहरूले राजीनामा दिएका हुन्।नेपाल सरकारको विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन कार्यविधि विपरित सो कार्यक्रम अन्तर्गत काम गर्ने स्वास्थ्यकर्मी लाई दिनु पर्ने सेवा सुविधा समेत नदिएको तथा अवैधानिक रूपले घटाए को,जसका कारण ले विषेशज्ञ चिकित्सकहरु एका एक हस्पिटल छोड्दै गइरहेका छन्।

डाक्टरहरूको अभावले गर्दा अस्पतालमा उपचारका लागि आउने सेवाग्राही हरू मर्कामा परेका छन्। एक सेवाग्राहीले आक्रोश व्यक्त गर्दै भने, डाक्टर नहुँदा हामीले बाहिर उपचार गराउनुपरेको छ। यो गरीब किसान परिवारका लागि अत्यन्तै खर्चिलो र कठिन कुरा हो। नेताहरूले अस्पताल सुधारतर्फ ध्यान दिनुको सट्टा डाक्टरहरूको सरुवा गराउने रोक्ने जस्ता स्वार्थी काम मात्रै गरिरहेका छन्।

पृथ्वीचन्द्र अस्पतालको व्यवस्थापन समितिमा जसपा नेपालको नेतृत्व रहेको छ। तर, राजनीतिक किचलो र हस्तक्षेपले अस्पतालको सेवा गुणस्तर निरन्तर खस्कँदै गएको छ। पृथ्वीचन्द्र अस्पतालमा राजनीतिक हस्तक्षेप र व्यवस्थापकीय कमजोरीका कारण कर्मचारी, डाक्टर, र सेवाग्राही सबै प्रभावित भएका छन्। अस्पताललाई पुनः गतिशील रूपमा सञ्चालनमा ल्याउन र सेवाको गुणस्तर सुधार गर्न तत्काल राजनीतिक र प्रशासनिक सुधारको खाँचो देखिन्छ।

More From Author

विद्युत प्राधिकरणमा खुल्यो १ हजार बढीलाई रोजगारी

मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने